बझाङमा दुई दिनदेखि हराएकी युवतीको सकुशल उद्धार
सोमबार श्रावण १८, २०८३/ Monday 08-03-26
Paschim Today
बझाङ: बझाङमा दुई दिनदेखि बेपत्ता रहेको युवतीको सकुशल उद्धार गरिएको छ। जिल्लाको सुर्मा गाउँपालिका–२, गजौनकी २५ वर्षीया निशा रोकाया दुई दिनपछि प्रहरीले सकुशल उद्धार गरेको हो।
प्रहरीका अनुसार साउन १६ गते राति करिब ९ः३० बजेदेखि हराएकी रोकायाको खोजतलासका लागि निवेदन परेपछि जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको नेतृत्वमा टोली परिचालन गरिएको थियो।
सोही क्रममा साउन १८ गते दिउँसो करिब १ बजे जयपृथ्वी नगरपालिका–९ बाट रोकायालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धारपछि उनको थप उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।




2026-08-07-04-45-06.jpeg)

तपाईको प्रतिक्रिया