स्कुलमा गोली बर्साउनुअघि हजुरबा–हजुरआमाको पनि हत्या गरेका थिए १४ वर्षीय थाई विद्यार्थीले
बैंकक । थाइल्यान्डमा १४ वर्षीय एक विद्यार्थीले विद्यालयमा गोली चलाउनुअघि आफ्नै हजुरबा र हजुरआमाको हत्या गरेको प्रहरीले खुलाएको छ । त्यसपछि बैंकक नजिकैको देब्सिरिन नोनथाबुरी विद्यालयमा गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको र १५ जना घाइते भएका छन् । अन्ततः उनले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् ।
प्रहरीका अनुसार किशोरले कम्तीमा २६ राउन्ड गोली चलाएका थिए र उनको साथबाट थप ३४ गोली बरामद भएको थियो । उनले प्रयोग गरेको बन्दुक उनका हजुरबाको रहेको बताइएको छ ।
नोनथाबुरी प्रान्तको बाङ क्रुआई जिल्लामा रहेको विद्यालयमा गोली चल्दा विद्यार्थीहरू आत्तिएर बाहिर भागेका थिए । उद्धारकर्मीहरूले घाइते विद्यार्थीको ढाड, छाती र हातमा गोली लागेको अवस्थामा उपचार गरेका थिए । एक पुरुष शिक्षक विद्यालयको माथिल्लो तलामा मृत भेटिएका थिए भने एक महिला शिक्षक छाती र हातमा गोली लागेर घाइते अवस्थामा फेला परेकी थिइन् ।




2026-08-07-04-45-06.jpeg)
तपाईको प्रतिक्रिया