सुदूरपश्चिममा नेकपा संसदीय दलको बैठक बस्दै

सोमबार असोज ५, २०८३/ Monday 09-21-26
Paschim Today

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिस्ट पार्टी नेकपाले आज संसदीय दलको बैठक बोलाएको छ । मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता खगराज भट्टले दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका हुन् । प्रदेश सरकारको आगामी बजेट, सरकार सञ्चालन तथा पार्टीभित्र देखिएको असन्तुष्टिलगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष सुरु भएयता नयाँ बजेट ल्याउन सकेको छैन। अघिल्लो सरकारले प्रस्तुत गरेको बजेट पारित हुन नसकेपछि साउनदेखि प्रदेश सरकार बजेटविहीन अवस्थामा छ। यही परिस्थितिका बिच मुख्यमन्त्री भट्टले असोज १५ गतेभित्र चालु आर्थिक वर्षको बजेट ल्याउने तयारी अघि बढाएका छन्।