परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना

सोमबार असोज ५, २०८३/ Monday 09-21-26
Paschim Today

काठ्माडौँ- जलवायु परिवर्तनका असमान र विकराल प्रभाव बढ्दै जाँदा नेपालको संस्कृति, सभ्यता तथा हिमालयसँग जोडिएको अस्तित्व नै संकटमा पर्न थालेको भन्दै परराष्ट्र मन्त्रालयले जलवायु कूटनीति शाखा स्थापना गरेको छ।

मन्त्रालयका अनुसार नेपालको दीर्घकालीन राष्ट्रिय हितसँग जोडिएको जलवायु कूटनीतिलाई थप संस्थागत, समन्वित र परिणाममुखी रूपमा अघि बढाउने उद्देश्यले शाखा स्थापना गरिएको हो।

जलवायु परिवर्तनका कारण हिमालय, वातावरण तथा जनजीवनमा देखिइरहेका प्रभावलाई अन्तर्राष्ट्रिय तहमा प्रभावकारी रूपमा उठाउन र नेपालको राष्ट्रिय हितअनुकूल जलवायु कूटनीतिलाई अघि बढाउन शाखाले भूमिका खेल्ने मन्त्रालयले जनाएको छ।