बसमा महिलामाथि ‘अभद्र व्यवहार’, तीन युवक समातिए
शुक्रबार कार्तिक २१, २०८३/ Friday 11-06-26
Paschim Today
काठमाडौं । सार्वजनिक बसमा महिलामाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–९, मटैनाका २१ वर्षीय समीर बिष्ट, सोही ठाउँका २४ वर्षीय अनिल नाथ र भीमदत्त–३, तिलकेनीका २१ वर्षीय जीवन बम छन् ।
मंगलबार (कात्तिक १७) काठमाडौंबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र. ०२–००१ ख १५६३ नम्बरको रात्रि बसमा उनीहरू सवार थिए । उनीहरूले सोही बसमा सवार महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गरेका प्रहरीले जनाएको छ ।
उक्त घटनाको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै तीव्र आलोचना गरिएको थियो । बिहीबार (कात्तिक १९) उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतले जानकारी दिए ।






तपाईको प्रतिक्रिया