Close This

फेसबुकमा ५ हजार साथी पुगे ? यसो गर्नुहोस्

मंगलबार श्रावण २४, २०७९/ Tuesday 08-09-22
Paschim Today

फेसबुकमा पाँच हजार साथी बनाउने सुविधा छ । यो संख्यामा साथी पुगेपछि हामीसँग के छ त विकल्प ?

यदि तपाईंलाई साथी बन्ने अनुरोध धेरै आइरहेकाे छ तर, उनीहरूलाई एड गर्न मिलेको छैन भने के गर्ने भन्ने समस्या आइरहेको होला । आज हामी फेसबुकमा पाँच हजार साथीकाे सीमा पारे गरेपछि के-के गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिन्छौं ।

फेसबुकमा फलो अप्सन राख्ने

तपाईंको फेसबुक अकाउन्टमा पाँच हजार साथी छन् भने तपाईंलाई कसैले पनि फ्रेन्ड रिक्वेस्ट पठाउन मिल्दैन । यदि अरूले रिक्वेस्ट पठाउन मिलेको छैन भने तपाईंले ‘एड फ्रेन्ड’ को अप्सनलाई ‘फलो’ अप्सनमा परिवर्तन गर्नुपर्ने हुन्छ ।

त्यसपछि तपाईंलाई फलो गर्नेहरू तपाईंको पोस्ट पढ्न, प्रतिक्रिया दिन र शेयर गर्न सक्छन् ।

यसरी अन गर्नुहोस् फलो अप्सन

  • सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् ।
  • त्यसपछि सबैभन्दा माथि दायाँपट्टि रहेको तीनवटा बारमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि सेटिङ एन्ड प्राइभेसीमा ट्याप गर्नुहोस् ।
  • त्यहाँ सेटिङको अप्सन देखिन्छ । त्यसमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि ‘अडियन्स एण्ड भिजिबिलिटी’ को तल तपाईंलाई मानिसहरूले कसरी भेटाएर कन्ट्याक्ट गर्न सक्छन् (How can people find and contact you भन्ने अप्सन रहेको हुन्छ । त्यसमा ट्याप गर्नुहोस् ।
  • त्यहाँ गइसकेपछि सबैभन्दा माथिको विकल्प तपाईंलाई कसले फ्रेन्ड रिक्वेस्ट पठाउन सक्छन् (Who can send you friend request) मा गई फ्रेन्ड्स अफ फ्रेण्ड छान्नुहोस् । त्यसपछि पुन: पहिलेको चरणमा फर्कनुहोस् । जहाँ अडियन्स एन्ड भिजिबिलिटि लेखिएको देख्न सकिन्छ ।
  • त्यसको तल रहेको ‘फलोअर्स एण्ड पब्लिक कन्टेन्ट’ अप्सनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि ‘हु क्यान फलो मी’ (Who can follow me) को विकल्पका तल पब्लिक र फ्रेन्ड भन्ने अप्सन रहेको हुन्छ । त्यसमा पब्लिक अप्सन छान्नुहोस् ।

त्यस्तै त्यसको तल रहेको तपाईंको टाइमलाइनमा तपाईंको फलोअरको सङ्ख्या कसले हेर्न पाउने भन्ने अप्सन रहेको हुन्छ । त्यसलाई पनि पब्लिक बनाउनु होस् । 

यसरी तपाईंले फलोअरको विकल्प अन गर्नुभयो भने तपाईंलाई कसैले फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाए भने त्यसलाई फलोअर्शको लिस्टमा देखाउँछ ।

तपाईंले फलोअर्सको अप्सन छानिसकेपछि तपाईंलाई कसैले मेसेज पठाउन चाहेको छ भने त्यो मेसेज रिक्वेस्टका रूपमा तपाईंलाई आउँछ । तपाईंले एक्सेप्ट गरिसकेपछि मात्र सो व्यक्तिसँग कुरा गर्न सक्नुहुन्छ ।

त्यस्तै तपाईंले पाँच हजार जनाभन्दा बढी साथी भएको खण्डमा आफ्नो छुट्टै पेज खोज्न सक्नुहुन्छ । पहिले फेसबुक प्रोफाइललाई सोझै पेज बनाउने विकल्प थियो । तपाईंको फेसबुक प्रोफाइलमा जति साथी छन् त्यति नै पेजमा लाइक हुन्थ्यो ।

तर, फेसबुकले अहिले यो विकल्प हटाइदिएको छ । तपाईंले नयाँ पेज शून्य लाइकबाट सुरु गर्न सक्नुहुन्छ । फेसबुकको मोबाइल एपबाट यसरी आफ्नो निजी पेज बनाउन सक्नुहुन्छ ।