इरान–इजरायल युद्धको असर, भारी मात्रामा बढ्यो पेट्रोलियमको मूल्य

सोमबार असार १६, २०८२/ Monday 06-30-25
Paschim Today

इरान–इजरायल युद्धले अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्यको असर नेपाली बजारमा पनि परेको छ । आयल निगमले सोमबार रातीबाट लागू हुने गरी पेट्रोलियमको मूल्य समायोजन गर्दा भारी मात्रामा वृद्धि गरेको छ ।

निगमले विज्ञप्तीमार्फत दिएको जानकारी अनुसार पेट्रोलमा ५ र डिजेल तथा मट्टितेलमा समान ४ रुपैयाँ प्रतिलिटरले बढाएको छ । त्यस्तै आन्तरिक हवाइ इन्धन ७ र त्रिभुवन बिमानस्थलमा उडान भर्ने अन्तर्राष्ट्रिय बिमानका लागि प्रतिकिलोलिटर ५१ डलरले मूल्य बढाइएको छ ।

मूल्य बढेपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय ६५, डिजेल तथा मट्टितेल १ सय ४९, हवाइ इन्धन १ सय २५ र अन्तर्राष्ट्रिय हवाइ इ्रन्धन ९ सय १ डलर प्रतिकिलोलिटर पुगेको छ ।