धर्मराज जोशी : जसले कोरियाबाट फर्केर सय जनालाई दिए रोजगारी

आइतबार माघ ८, २०७९/ Sunday 01-22-23
Paschim Today

धनगढी,८ माघ । सन २०१० मा सरकारले औपचारिक रूपमा दक्षिण कोरिया पठाउन ईपीएस कोटा लागु ग¥यो । त्यो कोटाले हजारौँ युवाहरूलाई कोरिया जान लालायित बनायो । ती हजारौँ युवाहरूमध्ये एक थिए, धर्मराज जोशी ।

No description available.

त्यसअघि विदेश जाने कल्पना पनि गरेको थिएन । उनी साथी संस्थामा कार्यरत थिए । साथीले महिला बेचबिखन रोकथामका क्षेत्रमा काम गर्थ्यो । उनले त्यसमा दुई वर्ष काम गरे । निःशुल्क कोरिया जान पाइने र प्रति महिना एक लाख रुपैयाँ कमाई हुने सुनेपछि उनी कोरिया जान लालायित भएका थिए । त्यही लालसाले उनी कोरियन भाषा कक्षा पढ्न थाले । केही महिनापछि भाषा परीक्षा भयो । उनी त्यसमा पास भए । र, कोरिया पुगे ।

एउटा समय थियो । जति बेला उनको एउटै सपना थियो– घर बनाउने । त्यही सपना पछ्याउँदै उनी उनी कोरिया पुगेको थिए । १० वर्ष कोरिया बसेपछि उनको त्यो सपना फेरियो । भन्छन्, समयले सपना परिवर्तन गर्दो रहेछ । जुन सपनाले उनलाई कोरिया पु¥याएको थियो । त्यो सपना फेरिएपछि उनी २०२० मा स्वदेश फर्किए ।

१० वर्ष कोरिया बसेपछि मेरो सोच बदलियो र सपना पनि । अव कोरिया बसेर घर बनाउने सपना सकियो । घर कस्का लागि बनाउने सन्तानका लागि ? के त्यो घरले सन्तानको भविष्य बन्छ त ? उनले आफैलाई प्रश्न गरे ।

No description available.

घरले छोराको भविष्य बन्दो रहेछन् । त्यसका लागि देश र समाज बन्नु पर्दो रहेछ । समाज बन्यो । मेरो छोराले उच्च शिक्षा यही पायो भने त मेरो छोराको भविष्य त त्यसै बन्छ । हामी नजुटी त यो समाज कहाँ बन्छ ? उनी आफू फर्केर आउनुको कारण खोल्छन् । 

कोरियाबाट फर्केपछि जोशीले धनगढी वाल पेपर तथा हाउस डेकोरेशनको व्यवसाय सुरु गरे । कोरियामा निकै चलेको व्यवसाय हो यो । सुरुवाती दिनमा यहाँ पनि निकै चल्यो । त्यसपछि उनले सहकारीमा हात हाले । कोरियामा बसेर फर्केकाहरूसँग छलफल गरे । फर्केकाहरू भेट्ने ठाउँ र माध्यम थिएन । कोरियाबाट फर्केका जोशीसँगै अन्य युवाहरूले सानोतिनो आर्थिक समस्या हुँदा गर्जो टार्ने एउटा संस्थाको आवश्यकता महशुस गरे । र, सबैको सोच मिल्यो । र, त्यो सोचले परिश्रमी बहुउद्देश्यीय  सहकारी संस्था जन्मायो । 

May be an image of 3 people and people standing

त्यसको केही समयपछि उनले पाँच जना साथीहरूसँग मिलेर उल्का गार्मेन्ट खोले । आफ्नै उत्पादन बजारमा ल्याउने सोचले उनले गार्मेन्ट उद्योग हात हाले । उल्का गार्मेन्टले जीन्स र अन्य फेन्सी कपडाहरू उत्पादन गर्दै आएको छ । उल्का गार्मेन्ट सञ्चालन गर्दा भोगेको नमिठो अनुभव छ ।

भन्छन्, 'सामान्य रेडिमेड कपडा ल्याउन भन्सार लाग्दैन । तर हामीले ल्याउने सामानमा चर्को भन्सार शुल्क छ । हामीले भन्सार छल्दैनौ । राजस्व तिर्छौ । भन्सार तिरेर व्यवसाय गर्न यहाँ कठिन छ ।'

एक वर्षअघि उनले कोरियाबाट फर्केर आएका साथीहरूसँग मालिकार्जुन हार्डवेयर प्रा.लि खोले । जसको विभिन्न जिल्लाका सदरमुकामहरू शाखा कार्यालय समेत खोलिसकेका छन् ।उनको अगुवाइ र सहकार्यमा सञ्चालनमा आएका उद्योग, व्यवसाय तथा सहकारीमा समेत गरी सय जना भन्दा बढिले रोजगारी पाएका छन् । 

No description available.

सपनाहरू पछ्याउँदै कोरिया पुगेका जोशी घर बनाउने सपना पुरा भएपछि स्वदेश फर्किए । अव उनको एउटा सपना छ, कोरियाबाट फर्केकाहरूलाई कुनै न कुनै व्यवसायमा यहाँ स्थापित गर्ने । त्यसका लागि उनी आफ्नै व्यवसायको शाखा र शेयर दिन तयार छन् । उनी भन्छन्, 'फेरि फर्केर कोही विदेश जान नपरोस् । त्यसका लागि जस्तोसुकै सहयोग गर्न तयार छु ।'

उनी व्यवसाय तथा उद्योग सञ्चालन गर्दा सरकारी कर्मचारीबाट व्यहोर्नु पर्ने सास्ती र सरकारी निकायहरूको झन्झटिलो प्रक्रियाबाट व्यवसाय गर्न खोजेर निरुत्साहित हुने गरेको सुनाउँछन् । उनी भोगाई सुनाउँछन्, 'सरकारी कर्मचारी हाजिर लगाएको तलब खान्छन् । काम गरे बापत कमिसन ।'

उनी सरकारले अनुदान पनि कमिसनमा बाँड्ने गरेको र काम नगर्नेहरूले अनुदान लिने गरेको आरोप लगाउँछन् ।बाहिरबाट आफ्नै देशमा उद्यम तथा स्वरोजगार मूलक कार्य गर्नेहरूलाई सहयोग गर्न सरकारसँग जोशीको आग्रह छ । 


 यो पनि पढ्नुस् :-

पौरखी युवा : जो उद्यम गर्न स्वदेश फर्किए

महेश शाह : जसले अमेरिकाबाट फर्किपछि व्यवसायमा नयाँपन दिए

जसले आरपी बेकरी मार्फत धनगढीलाई नेपालमा चिनाए

बेलायतबाट फर्केका शाहले खोले सुबिधा सम्पन्न सौंराई स्क्वायर