दिल्लीबाट नेपाल आईरहेको नेपाली बस पलियामा दुर्घटना

शुक्रबार कार्तिक २४, २०८०/ Friday 11-10-23
Paschim Today

धनगढी, २४ कार्तिक । भारतको दिल्लीबाट नेपाल आईरहेको नेपाली यात्रुबहाक बस पलियाको भिरा पुल नजिकै शुक्रबार बिहान दुर्घटना भएको छ । बसमा यात्रुलाई सामन्य चोटपटक लागेको भारतिय प्रहरीले जनाएको छ ।

बिहिबार दिल्लीबाट दाङका लागि छुटेको बस शारदा नदीको पुल नजिकै पल्टिएको बताइएको छ । बसमा यात्रु दोब्बरले भरिएको थियो । दुर्घटनाको बिस्तृत बिवरण आउन बाकी छ ।