भारी अंकले घट्यो नेप्से, खुम्चिँदै कारोबार रकम 

सोमबार बैशाख ३, २०८१/ Monday 04-15-24
Paschim Today

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा भारी अंकको गिरावट आएको छ । नयाँ वर्षको कारोबारको दोस्रो दिन नेप्से परिसूचक १६ दशमलव ८२ अंकले घटेर २००६ दशमलव ५२ को विन्दुमा पुगेको छ । सोमबार ३१४ कम्पनीका ५० हजार ५ सय २४ पटकको कारोबारमा ७२ लाख २३ हजार ७ सय ७३ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम भने २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४ सय ३२ रुपैयाँ रहेको छ । त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४२ अंकले घटेर ३५५ दशमलव ७८ को विन्दुमा पुगेको छ । आज हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका छन् भने प्रोमोटर सेयरको कारोबार सबैभन्दा कम भएको छ ।