Close This

बझाङमा एमालेको ‘कोर एरियामा’ मतगणना सुरु, अग्रता बढाउने दाबी

सोमबार बैशाख १७, २०८१/ Monday 04-29-24
Paschim Today

कैलाली । बझाङमा एमाले र काङ्ग्रेसबिच तीव्र प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्म कांग्रेस उम्मेदवार अभिषेक सिंहले झिनो मतले लिड गरिरहेका थिए । तर, अहिले तलकोट गाउँपालिका भइरहेको मतगणना पछि एमाले लिड गर्ने एमाले नेताहरूले दाबी गरेका छन् ।

तलकोट गाउँपालिकामा अध्यक्ष उपाध्यक्षदेखि एउटाबाहेक सबै वडामा स्थानीय तहमा एमाले विजयी भएको छ । यहाँ ७ वडा छन् । ४ नम्बर वडा बाहेक अन्य सबै वडामा एमालेले जितेको थियो ।

स्थानीय तहमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी मिलेर निर्वाचन लड्दा पनि एउटा वडा बाहेक सबै वडामा एमालेले जितेको हुँदा अब यो पालिकाबाट लिड गर्ने एमाले नेताहरूको दाबी छ ।