Close This

कोटेश्वरमा रहेको राधाकृष्ण मन्दिरमा चोरी

आइतबार जेठ २७, २०८१/ Sunday 06-09-24
Paschim Today

काठमाडौँ । काठमाडौँको कोटेश्वरस्थित राधाकृष्ण मन्दिरमा चोरी भएको छ । काठमाडौँ– ३२ भत्केको पुलस्थित राधाकृष्ण मन्दिरको झ्याल फोडेर काठको दानपेटीका फुटाई आरोपीले ४ हजार नगद, कलश ४ थान र तामाको थाल ४ थान चोरी गरेका हुन् । 

 

चोरीमा संलग्न हाल फरार छन् । गएराति मन्दिर चोरी भएको घटनाबारे प्रहरी वृत नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ ।