प्रधानमन्त्री ओली दोहामा

शुक्रबार असोज ४, २०८१/ Friday 09-20-24
Paschim Today

प्रधानमन्त्री केपी शर्मा ओली कतारको दोहा पुगेका छन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्क जाने क्रममा उनी कतारको दोहा पुगेका हुन् ।

प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो १ बजेर ३५ मिनेटमा हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा विमानस्थलको विशिष्ट कक्षमा कतारका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए ।