रवि लामिछाने गल्ती ढाकछोप गर्न लागे - कांग्रेस नेता महत

शनिबार असोज ५, २०८१/ Saturday 09-21-24
Paschim Today

धनगढी । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सहकारीको रकम दुरुपयोग गरेको प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने गल्ती ढाकछोप गर्न लागि परेको दाबी गरेका छन् ।

संसदीय विशेष छानविन समितिले सहकारीको रकम अपचलनमा पूर्व गृह मन्त्री समेत रहेका लामिछाने संलग्न रहेको पुष्टि हुने प्रतिवेदन बुझाइसक्दा समेत क्लीन चिट पाए भन्दै हिड्नु राम्रो नभएको उनको भनाई छ । ‘गोरखा मिडियामा सहकारीको रकम अपचलन गरेको कुरा पुष्टि हुने प्रतिवेदनले शिर निहुरिनुपर्ने हो तर उहाँ(लामिछाने) क्लीन चिट पाएर भनेर हिडिरहनुभएको छ,’ महतले भने, ‘यो मुर्खता बाहेक केही होइन ।’

महतले लामिछानेले आफ्नो पक्षमा भिड जमा गरेर विभिन्न खालका प्रपोकाण्डा बनाउन खोजेको बताउँदै त्यो सफल नहुने बताएका हुन् । शुक्रबार प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले लामिछाने प्रपोकाण्डा गरेर कालोलाई सेतो बनाउन लागि परेको टिप्प्णी गरे ।