एशियन कप छनोट : कम्बोडियाले नेपाललाई ४–१ गोलले हरायो

शनिबार असोज ५, २०८१/ Saturday 09-21-24
Paschim Today

एएफसी २० वर्षमूनीको एशियन कप छनोटमा कम्बोडियासँग नेपाल पराजित भएको छ ।  ताइपेइ सीटीमा भएको खेलमा कम्बोडियाले नेपाललाई ४–१ गोलले हराएको हो । नेपालले खेलको तेस्रो र चौथो मिनेटमै गोल खाएको थियो ।

पहिलो हाफको अतिरिक्त समयमा समिर तामाङले गोल गरेर खेललाई २–१ को अवस्थामा ल्याएका थिए । तर ६६ र ८३ औँ मिनेटमा गोल गरेर कम्बोडियाले खेल ४–१  ले जित्यो । अब नेपालले चाइनिज ताइपेईसँग पर्सि सेप्टेम्बर २३ मा, उज्वेकिस्तानसँग सेप्टेम्बर २५ र बहराइनसँग सेप्टेम्बर २७ मा खेल्नेछ ।