त्रिनगरले गर्यो कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत

शनिबार असोज ५, २०८१/ Saturday 09-21-24
Paschim Today

धनगढी । त्रिनगर माध्यमिक विद्यालयका कक्षा ११ का विद्यार्थीलाई स्वागत गरिएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीको आयोजनामा धनगढी स्थित ओम पार्टी प्यालेसमा भव्य कार्यक्रम बिच नयाँ  विद्यार्थीहरूलाई स्वागत गरिएको हो । कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन सँगै विभिन्न कला प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका धनगढी उपमहानगरपालिका १ का वडा अध्यक्ष सन्तोष मुडभरीले त्रिनगर धनगढीको मात्र नभई शैक्षिक गुणस्तरमा सुदूरपश्चिमकै एक नमुना विद्यालय भएको बताए ।  उनले विद्यार्थीले पढाई सँगसँगै व्यवहारिक ज्ञान र अनुशासनमा पनि ध्यान दिनु पर्ने बताए । 

त्रिनगर मा. वि.का प्रधानाध्यापक भूपाल सिंह खडकाले नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्दै आफ्नो शिक्षालाई निरन्तरता दिन त्रिनगरलाई रोजेकोमा विद्यार्थीहरूलाई धन्यवाद समेत दिए । कार्यक्रममा धनगढी उपमहानगरपालिका १ का वडा अध्यक्ष सन्तोष मुडभरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र चन्द, कमलराज पन्त, विद्यालयका शिक्षक सँगै कक्ष ११ र १२ का गरी नौ सय भन्दा बढी विद्यार्थीको उपस्थिति रहेको थियो ।