करेण्ट लागेर एकजनाको मृत्यु

शनिबार असोज ५, २०८१/ Saturday 09-21-24
Paschim Today

कञ्चनपुर — कञ्चनपुरको बेदकोट नगरपालिका-१ चम्फापुरमा रुखको हाँगा काटने क्रममा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ ।

 

करेण्ट लागेर घाइते भएका स्थानीय ५५ वर्षीय टेक बहादुर मल्लको महाकाली प्रादेशकि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले वनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार उक्त क्षेत्रमा शनिबार बिहान वृक्षरोपण भइरहेको थियो । त्यहीबेला रुखको हाँगा पनि काट्ने योजना भयो ।

काटेको हाँगा खसेर विद्युत लाइनको तार चुडिएर करेण्ट लागेको डीएसपी जोशीले बताए ।