भारतका चर्चित अभिनेता प्रकाश राज काठमाडौँमा

आइतबार असोज ६, २०८१/ Sunday 09-22-24
Paschim Today

काठमाडौँ । भारतका चर्चित अभिनेता प्रकाश राज नेपाल आएका छन् । साउथ इन्डियन फिल्म ‘ज्याक’को छायाङ्कनका लागि उनी शनिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हुन् ।

 

 

विगत ५ दिनदेखि काठमाडौँमा  छायाङ्कन भइरहेको फिल्मको छायाङ्कनमा उनी आइतबार जाेडिनेछन् ।

१० दिनसम्म प्रकाशले नेपालमा फिल्म सुटिङ गर्ने फिल्मको निर्माण व्यवस्थापक चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए ।