कैलालीमा एक महिला मृत फेला
आइतबार असोज ६, २०८१/ Sunday 09-22-24
Paschim Today
धनगढीः कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–६ जाली शान्ती टोलकी ५० वर्षीया सुन्द्री चौधरी मृत अवस्थामा फेला परेकी हुन्।
उनी सोही स्थानस्थित खेतको नालामा शनिबार मृत अवस्थामा फेला परेकी थिइन। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया