कञ्चनपुरबाट ४ लाख बढीका सामान बरामद

बिहीबार कार्तिक २९, २०८१/ Thursday 11-14-24
Paschim Today

कञ्चनपुरः कञ्चनपुरबाट ४ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–५ सुकासाल, भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिक र भीमदत्त नगरपालिका–११ चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४ लाख १३ हजार ४२७ मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो।

उक्त मूल्य बराबरको प्याज, चिनी, मिश्री, खानेतेल, मिठाई, चना, धनिया, बेशन, सुटपिस, ब्लाङ्केट, पाईप, सकेट, हार्डवेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल प्रस्ताविक सिमा सुरक्षा गुल्म गड्डाचौकीबाट बुधवार संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।