लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु

सोमबार मङ्सिर १०, २०८१/ Monday 11-25-24
Paschim Today

म्याग्दी, मङ्सिर १० गते । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान (२५ नोभम्बर देखि १० डिसेम्बर) अन्तर्गतको कार्यक्रम सोमबार देखि म्याग्दीमा पनि सुरु भएको छ ।

हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता भन्ने राष्ट्रिय नाराका साथ म्याग्दीमापनि दिवसको सुरुवात गरिएको छ । अभियानको पहिलो दिन असल अभ्यास साझा गर्ने कार्यक्रमको आयोजना गरि अभियानको औपाचारीक सुरुवात गरिएको बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले बताए । 

बेनी नगरपालिका, मिलन म्याग्दी र समावेशी नेपाल मञ्चको आयोजना तथा सामाजिक विकास कार्यालय म्याग्दीको समन्वयमा जिल्ला समन्वय समितिको सभाहलमा औपचारीक कार्यक्रमको सुरुवात भएको छ ।

कार्यक्रमको सुरुवात पूर्व बेनी नगरपालिकाको आयोजना तथा विभिन्न सामाजिक संघ संस्थाको समन्वयमा प्रभातफेरीको आयोजना गरिएको थियो । सकारात्मक सन्देश प्रवाह र सुरुआत गर्नका लागि असल अभ्यास साझा गर्ने कार्यक्रममा लैंगिक अल्पसंख्यक समुदायकी दिलु बुदुजालगायतले कार्यक्रमको सहजीकरण गर्ने छिन ।