बाजुराका एक बालक पाँच दिनदेखि धनगढीमा वेपत्ता
आइतबार माघ २०, २०८१/ Sunday 02-02-25
Paschim Today
बाजुराः बाजुराका एक बालक पाँच दिनदेखि धनगढीमा वेपत्ता भएका छन्।
खप्तड छेडेदह गाउँपालिका-३ धनाल्तका अन्दाजी १५ वर्षीय नबिन रावत वेपत्ता भएका हुन्। उनी माघ १५ गते बिहानबाट बेपत्ता भएपनि खोजी गर्दा हालसम्म नभेटाएको नबिनका ठुलाबुवा डम्मर रावतले जानकारी दिए। उनका अनुसार कक्षा ९ मा अध्ययनरत नबिन आफन्तसँग धनगढीमा बस्दै आएका थिए।
वेपत्ता बालकको खोजी कार्य गरी दिनका लागि परिवारले सबैलाई अनुरोध गरेका छन्। उनका आमाबुवा रोजगारीको लागि भारतको बेङलोरमा रहेकोमा छोरो सम्पर्कविहिन भएपछि खोजीका लागि नेपाल फर्किएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीमा बालक हराएको निवेदन आइसकेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया