लागू औषधसहित २ युवायुवती पक्राउ

बिहीबार माघ २४, २०८१/ Thursday 02-06-25
Paschim Today

 धनगढीः कैलालीको धनगढीमा लागू औषधसहित २ युवायुवती पक्राउ परेका छन्।

बुधवार धनगढी उपमहानगरपालिका–३ भन्सार कार्यालय नजिकबाट लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भरत सन्ज्याललाई ११० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

यस्तै  बुधवार नै धनगढी उपमहानगरपालिका– ३ मिलन चोकबाट गोदावरी नगरपालिका–२ घर भई हाल मिलन चोक कोठा गरी बस्ने २२ वर्षीय बिष्ना पालीलाई १३० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।