२३ सयले बढ्यो सुनको मुल्य

बिहीबार फागुन १, २०८१/ Thursday 02-13-25
Paschim Today

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेको हो ।

जसअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो । 

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले बढेर १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहको छ ।