आशिक खड्काले अष्ट्रेलियामा जिते स्वर्ण पदक

सोमबार जेठ ६, २०८२/ Monday 05-19-25
Paschim Today

काठमाण्डौ– नेपाली युवा आशिक खड्काले अष्ट्रेलियाको ब्रिसबेनमा सम्पन्न अन्तरराष्ट्रिय शरिर सुगठन प्रतियोगितामा २ स्वर्ण पदक प्राप्त गरेका छन । प्रतियोगिताको फिजिकल तर्फ उनले स्वर्ण पदक प्राप्त गरेका हुन । समग्र रुपमा प्रतियोगितामा उनि उपविजेता बन्न सफल भएका थिए ।

खड्का अष्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थी हुन् । हाल उनले सिभिल इन्जिनियरिङ अध्ययन गरिरहेका छन् । पढाइ, पारिवारिक जिम्मेवारी, र व्यक्तिगत जीवन सन्तुलनमा राख्दै उनले शरीर सुगठन प्रतिको आफ्नो अटल समर्पण र मेहनतलाई निरन्तरता दिएका छन् ।

उनी ब्रिसबेनका विभिन्न प्रतिष्ठित सङ्गठनहरूसँग संलग्न छन् र समाजमा युवाहरूलाई स्वास्थ्य र फिटनेसप्रति प्रेरित गरिरहेका छन् ।

उनको शरीर निर्माण प्रतिको लगाव, निरन्तर अभ्यास र कडा परिश्रमले नेपाली युवाहरूका लागि नयाँ प्रेरणा र सम्भावनाको ढोका खोलेको छ । अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले अशिकको यस सफलतालाई गर्वका रूपमा लिएको छ ।

प्रतियोगिता विजय पश्चात इल्ँ त्तीम् का अध्यक्ष प्रेम शाहिको टोलीले आशिकको स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा खादा माला लगाई उनलाई सम्मान गरिएको थियो र विजयीको खुसीमा केक काटेर भव्य रूपमा सफलताको उत्सव मनाइएको थियो ।