कञ्चनपुरबाट एक जना फरार प्रतिवादी पक्राउ
बिहीबार श्रावण २३, २०८२/ Thursday 08-07-25
Paschim Today

कञ्चनपुर । सवारी ज्यान मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०८० असार १ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ५ महिना ५ दिन कैद सजाय भुक्तान गर्न बाँकि रहेको कृष्णपुर नगरपालिका-७ शान्तिपुर बस्ने ३६ वर्षीय रतन लोहार पक्राउ परेका हुन्। लोहारलाई इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
तपाईको प्रतिक्रिया