आज पनि दोहोरो अंकले घट्यो सेयर बजार

बुधबार श्रावण २९, २०८२/ Wednesday 08-13-25
Paschim Today

काठमाडौँ । सेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । सातामा तेस्रो दिन खुलेको बजार बुधबार १०.५० अंकले घटेको हो । योसँगै २७८५.७४ अंकमा झरेको छ । आज बजारमा ६ अर्ब १६ करोडको कारोबार भएको छ । 

बजारमा आज ८९ वटा कम्पनीको मूल्य घट्दा १५९ वटाको मूल्य घटेको छ भने एउटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज बजारमा समूहगत सूचकको अवस्था भने मिश्रित देखियो । १३ मध्ये ४ वटा समूहको सूचक घट्दा बाँकी ९ वटा सूचक घटेका छन् । ट्रेडिङ समूहमा सबैभन्दा धेरै १.५० प्रतिशत गिरावट हुनु बाहेक घटबढ भएका सबै समूहको वृद्धि वा गिरावट १ प्रतिशत भन्दा कम छ । 

बजारमा आज मायाखोला हाइड्रोपावरको सबैभन्दा धेरै ५.७४ प्रतिशतले बढेको छ । कुमारी बैंकको डिवेञ्चर २०८६ को मूल्य ९.४८ प्रतिशतले घटेको छ ।

बजारमा बलेफी हाइड्रोपावरको ३४ करोडको सेयर कारोबार हुनु नै सबैभन्दा उच्च कारोबार रह्यो । कारोबार भएको सेयर संख्या र कारोबार सङ्ख्याका आधारमा पनि सोही कम्पनी अगाडि रहेको छ ।