सभामुखलाई बुझाए रामहरि खतिवडाले राजीनामापत्र

बुधबार श्रावण २९, २०८२/ Wednesday 08-13-25
Paschim Today

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट दिएको राजीनामापत्र सभामुख देवराज घिमिरेलाई बुझाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमार्फत् राजीनामा दिएको घोषणा गरेका उनले बुधबार सभामुख घिमिरेलाई राजीनामापत्र बुझाएका हुन् ।

उनले बुझाएको राजीनामापत्रमा उल्लेख छ, ‘मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा मैले बोल्ने क्रममा प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम आजैबाट लागु हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु ।’