कञ्चनपुरमा शस्त्र प्रहरी बिओपी भवनको उद्घाटन

आइतबार भदौ १५, २०८२/ Sunday 08-31-25
Paschim Today

 

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका-९ खड्डाकं कडमा शस्त्र प्रहरी बल नेपालको सबिओपी (सीमा सुरक्षा चौकी) कार्यालय भवनको उद्घाटन गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की र सुदूरपश्चिमका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रदीपकुमार पालले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन्।

भवन निर्माणका लागि स्थानीय सिद्धराज ओझाले १० कट्ठा एक धुर जग्गा दान गरेका थिए।उनको योगदानको कदर गर्दै कार्यक्रममा उनलाई सम्मान गरिएको थियो।

यससँगै सो क्षेत्रमा तस्करी नियन्त्रण, सीमा सुरक्षा र भारतीय हस्तक्षेप पनि कम हुने अपेक्षा गरिएको छ।