आसामविरुद्धको निर्णायक खेलमा पहिला ब्याटिङ गर्दै नेपाल ‘ए’
सोमबार भदौ १६, २०८२/ Monday 09-01-25
Paschim Today

काठ्माण्डौँ । भारतको गुहाटी भ्रमणमा रहेको नेपाल ‘ए’ ले आज आसाम स्टेट टिमसँग निर्णायक खेल खेल्दैछ । यी दुई टिमबीचको पाँचौं तथा निर्णायक टी–२० बेलुका ३:१५ देखि सुरु भएको छ ।
आजको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।
सिरिज २–२ को स्थितिमा छ । आजको खेल जित्ने टिमले सिरिज आफ्नो पक्षमा पार्नेछ । नेपाल ‘ए’ आइतबारको हारको बदला लिँदै निर्णायक खेल जित्ने सोचमा छ ।
श्रृंखलाको पहिलो खेलमा १५ रनको हार बेहोरेको नेपालले दोस्रो र तेस्रो खेलमा क्रमशः ९६ रन र ९ रनको जित निकाल्यो । नेपाल आज उत्कृष्ट पुनरागमन गरेर सिरिज जित्ने योजनामा छ ।
तपाईको प्रतिक्रिया