बाजुराकाे हिमाली गाउँपालिकामा बाढीले ११ वटा घर बगायाे
बिहीबार श्रावण ३०, २०८२/ Thursday 08-14-25
Paschim Today

बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा रहेको बिच्छ्या खोलामा आएको बाढीले ११ वटा घर बगाएको छ । गएराति आएको बाढीले ११ घर बगाएको, ७ घरमा क्षति पुगेको र १७ वटा घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए ।
हिमाली गाउँपालिकाको वडा नम्बर १, ३ र ५ मा बढी क्षति भएको र स्थानीय प्रहरी चौकीको टोली बाढी प्रभावित क्षेत्रमा गएर तथ्याङ्क सङ्कलन गरेको छ । बाढीले सरकारी कार्यालय, विद्यालय र सार्वजनिक संरचनामा समेत क्षति पुगेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा बैतडीमा १ सय २७ मिलिमिटरभन्दा धेरै पानी परेको छ । सुदूरपश्चिमका कैलाली, डोटी, अछाम लगायतका जिल्लामा पनि ठूलो पानी परेको छ । आजराति कोशी प्रदेशको पहाडी भू–भागको १/२ ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तपाईको प्रतिक्रिया