घाइते रतुवाको उद्दार, उपचारपछि जंगलमा छाडियो
बिहीबार श्रावण ३०, २०८२/ Thursday 08-14-25
Paschim Today

बझाङ, — नेकपा (एमाले) जिल्ला कमिटी बझाङका पदाधिकारीहरूले बुंगल नगरपालिका आउने क्रममा वडा नम्बर ५ स्थित बस्ती नजिक घाइते अवस्थामा फेला पारेको रतुवालाई उपचार गरी जंगलमा छाडिएको छ।
बुधबार फेला परेको उक्त रतुवालाई एमालेका पदाधिकारीहरूले उद्दार गरी इलाका प्रहरी कार्यालय झापामा बुझाएका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय र सव-डिभिजन वन कार्यालयले उपचारका लागि बुंगल पशु सेवा शाखामा लगेको थियो।
आज सव-डिभिजन वन कार्यालय झापा, इलाका प्रहरी कार्यालय झापाका इन्चार्ज वीरबहादुर ठगुन्न, वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर देवारलगायतको रोहबरमा उपचार सम्पन्न गरी रतुवालाई जंगलमा छाडिएको बन रक्षक दमन धामीले जानकारी दिए।
वन कार्यालयका अनुसार उक्त रतुवाको स्वास्थ्य अवस्था सुधार भई अहिले स्वाभाविक रूपमा आफ्नो बासस्थानमा फर्किएको छ।
तपाईको प्रतिक्रिया