देशले फेरि जल्नु नपरोस्

लेखक :- डा. राधिका बुढ्थापा - देशले इतिहासमै पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ । सर्वप्रथम नेपालकै विकट जिल्ला जुम्लाकी महिलाको तर्फबाट हार्दिक बधाई दिन चाहन्छु । प्रधानमन्त्री सुशीला कार्कीज्यू, स्वार्थ बोकेका बग्रेल्ती पार्टी, यिनका नेता, कार्यकर्ता र सधैं अशान्तिको चाहना राख्ने छर-छिमेकको कर्के नजरका बीचमा तपाईंको कार्यकाल शुरु भएको छ